adsense

Monday, January 11, 2021

सम्झना (Reminisce)







फिक्का फिक्का लाग्न थाल्यो
तपोभूमिमा रथ चलाउने सारथिको
विलय भए पछि ।

दिवा नै अन्धकार हुन
लाग्यो रविमा ग्रहण लागेपछि
छैन रे सामर्थ्य गुडाउने जोर
पाङ्ग्रा यो रथको
रथी नै नरहेपछि ।

कसिङ्गरले भरिएको रथलाई तान्ने
यावत घोडा नै आहार विहिन
भई लखतराम छन यहाँ
भोका गल्लीका कुकुरसरी ।

मौन स्वरमा कल्पिदैँछन
पवनसँग लौ न वतास चलाईदेऊ कस्सैरी
उडाइदेउ कसिङ्गर त्यो रथको
जो भविष्यमा गुडोस कस्सेरी ।

लाग्छ यो त फगत कल्पना मात्र हो
घरी घरी उनलाई सम्झने वहाना मात्र
तर
होइन सम्झना त त्यो चैतन्यको पो हो
जसले एक ढिक्का पारी उपहार स्वरुप
जोडी पाङ्ग्रा यावत रथहरुको
दिए लौ उज्वल बनाइ
झुक्न नदेउ ध्वजा यो
दुइ पाङ्ग्रे रथैको
रथीको नै विलय भए पनि ।

Saturday, January 2, 2021

भन्ज्याङ र चौतारी (Bhanjyang and Chautari)

मलाई प्रकृति सँग 
बोल्न र खेल्न 
सिकाउने भन्ज्याङ
अनि चौतारी
आज एक्लै बसी
सम्झनाको पानामा 
आफूले लेखेका ती
स्वर्ण अक्षरहरु हेर्दै छन।

मेरो स्पर्शमा सारा 
दुःख भुलाई मन्द मुस्कानमा 
सधैँ आफूलाई सजाई राख्ने 
भन्ज्याङ अनि चौतारी
आज दुःखको बोध 
गरी करुडा ध्वनीमा 
मलाई डाक्दै छन्।

बालापनमा
मेरो मगजमा चैतन्यको
बास गराईदिने

ती भन्ज्याङ अनि चौतारी
आज
जीवन अनि मरणको
दोसाधमा धट्पट्टी रहेका छन्।

तर म कहीँ दुर
 
बसी सम्झनाको पानामा 
रहेका ती स्वर्ण अक्षरहरुलाई
मेटाउने कार्यमा तल्लिन छु
विगतमा मलाई आफ्नो 
भनि आश्रय दिने
अनि मगजमा चैतन्यको
बास गराईदिने
ती भन्ज्याङ र
चौतारीलाई
अब
अनविदको यात्रामा पठाई
आफू कृतिम वस्तुको भरिया बन्ने
योजना बनाउनमा व्यस्त छु।

यी सबै गर्नलाई आखिर म 
त्यहीँ मनुवा नै त हुँ जो 
आधुनिकताको दुनियाँमा संरचना बिहिन
चैतन्यको आडमा खोक्रोपनाको प्रर्दशन गर्न

सारा मनुवहारुको मगजमा

खोक्रोपनाको चैतन्यको जन्म गराउन
दमनताको खेती गर्नमा

 नै त पोक्त छु।

 

सम्झना (Reminisce)

फिक्का फिक्का लाग्न थाल्यो तपोभूमिमा रथ चलाउने सारथिको विलय भए पछि । दिवा नै अन्धकार हुन लाग्यो रविमा ग्रहण लागेपछि छैन रे सामर्थ्य गु...