म पश्न गर्छु
मिरमिरे उषाको किरणसँगै
ब्यूतिएका यी
मेरा नयनहरुले सपनाको
लहडहरुमाझ बिपनाको
डुङ्गा चलाइ
उदेश्यहरुलाई जीवनको
एक तटबाट अर्को तट
तर्फ लादैँ गरेका बहनाहरुलाई
अनयास प्रश्न गर्दछ
तिमिहरु माथि खियाको
प्रहार भएमा के गर्छौ ?
पवनको वहावमा वाटिकामा
झुलेर सूर्य र चन्द्रका
किरणसँगै लुकामारी खेलीरहेका
पुष्पहरुको गुछ्चालाई सोध्ने गर्दछ
आखिर भमराहरुले पिएर रस
त्यो यौवनको
छाडी गएमा के गर्दछौ ?
बखत त्यही गर्दछ प्रश्न
सृष्टि कर्तालाई
गरी सृष्टी यस जगतको
किन पो फेरी
पैदा गरायौँ त्यो गमनको ?
जहाँ मुल्यवान प्राण्को
मुल्य तोक्न गृहीत गरी
मुल्यसूचीको अग्र पङ्तिमा छन्
ती भलादमीहरु
जो वासनामा जीवनको मोल लगाउँछन् ।
बनाइ आधार यौवनी दिलचस्पीमा
आखिर किन पो लम्काउँछन
ती नयनहरुलाई गुमाइ पलभरमा आर्जित
त्यो ज्ञानलाई जो हृदय चक्षुमा सँदैव
निहित त छ तर फेरी
चर्म चक्षु कै बेगमा किन हुँइकिन्छ ?
म प्रश्न गर्छु ती ग्रन्थ ज्ञाताहरुलाई
के ग्रन्थिय नगरीमा पनि यस्तै थियो
र वर्तमानमा पनि भएको हो ?
म प्रश्न गर्छु न्यायका पगरी समाइ बसेका
ती न्याय नगरीका दुतहरुलाई
के न्याय नगरी पनि चर्म चक्षु कै
बेगमा हुँइकिने हो ?
म प्रश्न गर्छु यावत जगत कर्तालाई
के सुन्दर र आकर्षण हुनु नै
मानव जीवनको अभिशाप हो ?
No comments:
Post a Comment