शान्त र मौनतामा
रमिरहेका निमुखा
जनतालाई आशाको
अन्धेरीमा धक्लने
हो ,
मेरो सरकार।
मानव तस्करीको
तालमा चुर्लुम्म डुबेर
श्रमिकहरुको श्रमलाई
दोहन गरी पदाधिकारीहरु
सामु नग्न नृत्य गर्ने
हो,
मेरो सरकार।
एक निमेषमा
विकाशको मुल फुटाउछु भनी
झुटको खेतीमा
फलबिहिन बीचको
उत्पाद गर्ने
हो,
मेरो सरकार।
संस्कृतिका ती अमुल्य
ज्ञान फ्याकिँ
आफ्नो पहिचान धरासाही पारी
कसैको पाउ मिच्न जाने
हो, मेरो सरकार।
वास्ना बिहिन
पुष्पको रोपण गरी
भमराहरुलाई मोहित
तुल्लाउन कृतिप
पुष्पको बगैँचा
बनाउने
हो, मेरो सरकार।
पराधिनताको
उचाईमा गई
सुखी नेपाली
समृध्द
नेपालको
नारामा
रमी
श्रमिकहरु माथी दमन गर्ने
हो, मेरो सरकार।
No comments:
Post a Comment