इन्द्रियहरुमा जब
नशाको आगमन हुन्छ
तब
स्वर्गको इन्द्र पनि
जननीमा झरी
मनुवाहरुको इन्द्रियहरुको
चाल हेर्न लालच
हुन्छ।
जाबो एक चुस्की
र
यन्त्रमा जडित धोनीमा
इन्द्रियहरुलाई
मोहित पारी वर्षातमा
रुझेको वृक्षको मुना
झैँ
नशामा रुझेका
मनुवाहरुको नृत्यले
स्वर्गको नर्तकीलाई
नि त्यागि
इन्द्र धरणीमा आउँन बाध्य
भएको देख्दा त्यो
यन्त्रमा जडित
धोनी पनि आफैमा
हर्षित छ।
छु त म
पनि हर्षित तर
केवल
क्षणिकको लागि
जब नशाले
वा
भनौँ मेरा इन्द्रियहरुले
नशामाथी विजय गर्नेछन्
तब
इन्द्र पून इन्द्रासनमा
आसन भई स्वर्वेश्या
सामु नृत्यको लागि
कल्प गर्नेछन्।
अनि सोही बखतमा
नशामा डुबेका मनुवाहरुलाई
जसरी वर्षातको अन्त्यसँगै
वर्षातले नदीमा बहने बहाडलाई
छाड्दछ त्यसैगरी छाडिजाने छ
र
सम्झनाको पानामा यादका
ती नृत्य रही रहनेछन्
केवल वर्षातको आगमनसँगै
नशाको आशामा।
No comments:
Post a Comment