वृक्षको
मुनालाई
चुम्न
वर्षाको
रुपमा
आइन हेर झरी।
उजाड शैल
सुख्खा
शरीता
साथै
मौनताको
वस्तीमा
जरुवा
फुटाउन
वर्षाको
रुपमा
आइन
हेर झरी।
धर्ती पुत्रको मलिन
मुहारमा
मुस्कानको
दिप
लिई
सयौँ
किलोमिटरको
यात्रा
तय गरी
धरणीलाई
स्पर्श गर्न
आइन
हेर झरी।
प्रकृतिको सुन्दर वस्तीमा
पुष्पको
गुच्छामा सुवास
र
रङ्गको
रस बोकी
क्षितीज
पारीको गन्तब्यमा
धरासँग कृडा गर्न
आइन
हेर झरी।
वायुको तेज गति सगैँ
लुकामारी
खेलीरहरकी
जनजीलाई
एकताको
सुत्रमा बाध्न
बादललाई
पहाड
सँग दृन्दृ गराई
विजय
यात्रीको रुपमा
प्रेमको
प्याला बोकी यौवनले
मात्तिएको जवानीको
तिर्खा मेट्न
वर्षाको
रुपमा
धर्तीमा
आइन
हेर झरी।
No comments:
Post a Comment