adsense

Wednesday, December 23, 2020

गल्लीका मनुवाहरु( Street People)

साँघुरो सडक,
त्यसमा अलकत्राको लेप
पेटिमा सानो नाला
जसको कृत्रिम अत्तरको 
प्रमोदले वातावरण 
रोमान्चित्त बनाईरहेको छ।

अनि,
छेउमै रहेको निरीह
द्रुमहरुको लामबद्द लहर
जो केवल नाङ्गो आङ्ग लिएर
कृत्रिम फलामे छिँडी भित्र
रहेर वातावरण रसिक बनाउने
धन्दामा मस्त छन्।

,
अलकत्राको लेप लगाईएको 
सडकमा महङ्गो सवारीमा 
आगातित वस्तुको भरिया
भई सुटेट बुटेटमा सजिएर 
कुदीरहेका ती भरियाहरु 
जो आफ्नो सारा शक्ति 
वेथितमा खेर फाली 
वातावरण स्वच्छ पार्ने
अभियानको प्रमुख स्थान 
लिई 
वातावरण विनाशको 
भाषण गर्न सिपालु छन्।

त्यसै सडकमा आहार 
बिना रिक्त पेट साथै
भरियाहरुका वस्तुको
कर तिर्न बाध्य छन् ती
गल्लीका मनुवाहरु
जसलाई सधैँ भरियाहरुको 
सुटेट बुटेटले गल्लीमै 
रिक्त पेट निद्रादेवीको 
काखमा पुर्याईरहेको छ,
जसलाई सधैँ मौनताको 
गुप्तवासमा बसाई
सुरुङ्ग मार्ग निर्माण 
गर्ने लगाईन्छ ताकि अझ 
ती गल्लिका मनुवाहरु
अन्धकारमय जीवन 
भएता पनि रमाउन सकुन् ।

No comments:

Post a Comment

सम्झना (Reminisce)

फिक्का फिक्का लाग्न थाल्यो तपोभूमिमा रथ चलाउने सारथिको विलय भए पछि । दिवा नै अन्धकार हुन लाग्यो रविमा ग्रहण लागेपछि छैन रे सामर्थ्य गु...