धेरै भयो परेलीहरुले
सुख्खापनामा दृश्यको
खेती गरी शुन्यताको
स्वाद चाखेको
र
मौनताको तिर्खाले
अनगिन्ती
तलाउहरु रिक्तपारेको ।
थाहा छैन किन हो
मेरा यी परेलीहरु
इन्द्रीयहरुसँग रुष्ट हो?
या
इन्द्रियहरु परेलीहरुसँग रुष्ट
हो ?
तर
ग्रिष्म ऋतुको मध्यबेलामा
वातावरणमा सुख्खापनले
पर्व मनाईरहँदा
यी इन्द्रीयहरु र परेलीहरुबीच
मिलाप भई चिसोपनाको
आभास दिलाएको छ ।
यी इन्द्रीयहरुले मन्दिरको गजुरमा
सिक्का अर्पित गरेर भाग्य
खोज्ने
अनि
मन्दिर कै गजुरमा चढी
अर्पित सिक्कामा आफ्नो भाग्य
खोज्ने कलियुगका
प्यालाले मान्तिएका
ती मनुवाहरुको दृश्य
नजिकबाटै कैद गरेको छ ।
आखिर जे होस्
भाग्य त
सिक्कामै अडिएको रहेछ
फरक यति हो कोही
फालेर भाग्य खोज्छन् त
कोही टिपेर ।
No comments:
Post a Comment