adsense

Friday, September 18, 2020

शत्रु (Enemy)

 

करोडौँको भीडमा हेर
उत्सुकता छायो
सङ्गिनीको खोजमा निस्किएका
बादलका टुक्राले मेगको गर्जन ल्यायो
,
तिर्खाएको बगरले प्यास मेटायो ।

जगाइ कामवासना शरीरमा त्यसले
मिलन गरायो प्रकृति र पुरुषको
फलस्वरुप पायो
यस जगतले कोमल शरीरको,
जसले आशाका ज्योतिसगैँ
निरासाका कैयन तेजिला किरणहरु
माझ सलबलाउदैँ बनायो
घायल त्यस चैतन्यलाई
जो चर्मले ढाकेका अङ्गमा
र भएको रङ्गमा हेय भाव पैदा गरी
फैलाइ वितृष्णा गर्दछ
यापन जीवनको ।

मिलेको कद छ
चन्द्रमाको जस्तो सुन्दर मुहार
कोकिल झैँ स्वर मन्द मन्द मुस्कान
कुण्डलाकृति चाल छ
जल झैँ कन्चन चित्त
सजाउदै शिरफूल केसमा
फिर्छिन उनि देवाङ्गना भेषमा ।

आतुर छ समय गाँस्न मित्रता
उनको त्यो देहसँग
जसले
बैँसको तिब्र गतिमा हुइँकदा
हातमा हात मिलाइ साथैमा आएको
सङ्गि नै उनको ठुलो शत्रु
बन्दनेछ भन्ने पत्तो नै पाउँदैन,
बाल्यकालमा मेरुदण्ड माथि
आइलाग्ने शत्रु वृध्द अवस्थामा
मित्रताको पत्र लिइ आउनेछ
भन्ने भान नै गर्दैन ।

शत्रु के हामी नै होइनौँ र !
जो ज्ञानको खोजीमा निस्केको मगजलाई
अज्ञानताको शिखरमा चढाइ
यो बुझ्दैनौँ
जन्म सँगै मूत्यु छ,
जवानी सँगै वृध्द अवस्था छ,
प्रेम सँगै घृणा छ,
मिलन सगैँ बिछोड छ,
सुन्दरता सँगै कुरुपता छ ।

छ्यमतावान छ समय
जसले मित्र सँगै शत्रु पैदा गरी,
गराइ दिन्छ विलय
मट्टिधुसर जीवनलाई
बनाइ दिन्छ वैरी
सजाई तस्बिर त्यो चौघेरोमा
जहाँ तिमी नै तिम्रो शत्रु बन्नेछौ ।

आखिर के अभाव मगजमा
दूरदृष्टिको हुनु शत्रु नै होइन त !

 

No comments:

Post a Comment

सम्झना (Reminisce)

फिक्का फिक्का लाग्न थाल्यो तपोभूमिमा रथ चलाउने सारथिको विलय भए पछि । दिवा नै अन्धकार हुन लाग्यो रविमा ग्रहण लागेपछि छैन रे सामर्थ्य गु...