adsense

Saturday, September 19, 2020

जाग हे युवा जाग (Wake Up)

गर्नुछ परिश्रमको खेती
बगाउदै श्रमको पसिना
श्रङ्गार्नु छ जीवनको यात्रा 
गरी विकास देशको
बहन गर्दै काँधमा जिम्मेवारी
लिइ शिरमा आर्शिवाद
जगतको देवको ।

गगनमा चम्कने तारा झैँ,
चम्कनु छ भुवनमा
गर्दै वरण आदित्यका किरणहरुलाई
जलाइ शान्तिको दिप
चिनाउनु छ संसारलाई
तपोभूमि हो यो देवको ।

चिर्नु छ अन्धेँरीलाई
बनि मिरमिरे उषाका किरण
लम्काउदै कदम
नियाल्न सारा सौरजगतलाई
सर्वोच्च शिखरमा पुग्नु छ
बनी दुत शान्तिको
गराउँदै परिचय जन्मभूमि
हो यो शान्ति देवको ।

                              भर्नु छ सङ्गित तारमा
                              जगाउन चैतन्य मगजमा
                             फेर्नु छ नयनका ती दृश्यहरु
                            स्वच्छ पार्न पवनका वहनलाई
                             बदल्नु छ रोदनले भरिएको
                                 इतिहासलाई
                            रुझाउँदै हर्षका नेत्रजलले ।

No comments:

Post a Comment

सम्झना (Reminisce)

फिक्का फिक्का लाग्न थाल्यो तपोभूमिमा रथ चलाउने सारथिको विलय भए पछि । दिवा नै अन्धकार हुन लाग्यो रविमा ग्रहण लागेपछि छैन रे सामर्थ्य गु...