समयको वहावसँगै
बदलिने मेरो शरीरको कद
आज किन छटपटी
माझ विगतका ती
क्षण सम्झि एकान्तमा
बरालिन खोज्दछ?
पलक भरमा जगत घुमी
सारा पिडा भुलाइ
सुखको अनुभूत गराउने
यी नगनहरुमा
बसी बास बादलका रास
अनायास नै किन शीतका थोपामा
सूर्यका किरणले स्पर्श गर्दा
चम्के झैँ
चम्कन खोज्दछ ?
हिमगिरी झैँ अटल
सागर तुल्य शान्त
नदी समान गतिशील,
यो हृदयमा खै
केले चञ्चलताको आभास
दिलाइ पवनको वेगसँगै
लुकामारी खेल्न पठाइ
म लाई सम्झनाका कुइरो माझ
एकलासमा त्यो तस्बिरसँग
अतितका भलाकुसारी गर्न
बाध्य तुल्याउँछ ।
ल्याए झैँ ऋतुको फेरोले
हिउँदमा सिरेटो
ल्याइदयो म मा नौलोपन
लगाइ चक्कर चित्रको,
जसमा म बिनाको लोकमा
म नै रमाउदैँ छु ।
जानलाई यो रनवनबाट
गर्दैछु कैद त्यो म को
जस्ले रङ्गिन दुनियाँमा रमेर
रङ्गहिन म बनाइ
स्मृति स्वरुप दिइ
उपहार तस्बिरको
गर्नलाई राज चार पर्खालको
जहाँ सजाइएको गद्दीमा
सजिएको म,
म बिना नै
आसन गरेको हुनेछु ।
No comments:
Post a Comment