adsense

Thursday, September 24, 2020

सेलाएको सहर (Cool Down City)

 वादको खेती गरी
धर्ती पुत्रहरुको परिश्रममा
समानताको नारा लगाउनेहरु
आज हेर
असमानताको शिखरमा पुगी
गिज्जाइ रहेका छन
तिनीहरुलाई।

भोको पेट र नाङ्गो शरीर
माथि आकृति फेरीएको
वादको खेलमा हेर आज
उनिहरु पोक्त खेलाडी बनि
सानदार भवन
अनि
सयौँ रोपनी र आनाको
मालिक बन्न पुगेका छन्।

तिनीहरु कै शक्तिको आडमा
फेरिय यहाँ धेरै
वादका आकृतिहरु,
थपिय धेरै अधिकारका सूचिहरु
जुन आफैँमा निरर्थ
हुन पुगेका छन्।

मित्र बनाइ धरणीलाई
गृहीत गर्दछन् तिनीहरु
सौगात यसको
अनि
गर्दछन् पालन पोषण
सारा जगतको।

आएका छन् तिनीहरु
दुर देखि सेलाएको सहरमा
बोकी कोसेले कुण्ठाका आँचहरु,
तयार छन् तिनीहरु न्यानो पार्न
खोली कोसेली ती
कुण्ठाका आँचहरुको।

तर विड्मवना,
म्लान सहरमा तिनीहरुले
बोकी ल्याएका
कुण्ठाको आँचको कोसेलीको
प्रभाव केवल
ल्याइमा मात्र सीमित छ,
सेलाएको सहरको जमातले
 हेय भावले हेरीदिँदा
राप पनि म्लान हुने
हो कि भन्ने भाव
उत्पन्न हुदैँछ मनमा।

हाय, हेरे पनि हेय भावले 
यहाँको जमातले,
हेर्ने छैन कहिल्यै 
हेय भावले सेलाएको 
सहरको सडकले। 

No comments:

Post a Comment

सम्झना (Reminisce)

फिक्का फिक्का लाग्न थाल्यो तपोभूमिमा रथ चलाउने सारथिको विलय भए पछि । दिवा नै अन्धकार हुन लाग्यो रविमा ग्रहण लागेपछि छैन रे सामर्थ्य गु...