त्राहिमाम त्राहिमाम छायो
यस भुवनमा
जाबो त्यो अहङ्कार रुपी
शिक्षाको
सानो एक टुक्रोले
जसलाई म, तिमि र हामी
भन्ने गर्दछौँ यो त मानवबाट
सिर्जित एक सिर्जना हो ।
घमन्ड गर्दछौँ औधी
लिइकन आड त्यही सिर्जनाको
जसमा पसिनाको सुगन्ध भन्दा
कतियौँ गुँणा मैमत्ताको
दुर्गन्ध छ जुन केवल औजार मात्र हो
जसको एक झिल्कोमे सारा
ब्रह्रामण्डलाई नै भस्न बनाइदिन्छ ।
ढाकेको छ अभिमानको खोलेले
सारा मनुजमा जो देख्दैन, सुन्दैन
र भन्दैन पनि यो,
छ रे इच्छा यमको गर्ने
राज यस ब्रह्राण्डमा खोसेर
फुक्को सास यो शरीरको ।
लानु पो के नै र छ
अलावा झुत्रो यो शरीर जो
आफैमा एकै त,
संसार न हो जुन चम्कन्छ
देखौवा केवल त्यो फुर्तिले ।
ढाक्दैछ त्यो मगजलाई
सेखीको तुँवालोले
छोप्दैछन् ती दृश्यहरुलाई
क्रोधित नयनका ज्वालाहरुले
खुम्चिन पुगेको छ
स्पर्शको शक्ति त्यहीँ
ममताको सानो जालमा ।
रचिदैँ छ यहाँ फगत लीला
जहाँको जीवनले एक निमिषमा
अनविदको यात्रा तय गर्दछ
शुन्यबाट यात्रा तय गर्यौँ
हुनु छ अन्त्य पनि त्यहीँ
नगरौँ प्रर्दशनी अहङ्कारी सिर्जनाको
आखिर मट्टिधुसर जीवन यो
विलय त हुनु नै छ ।
No comments:
Post a Comment