समयको वहाव पनि अच्चमको छ
सेकेन्ड, मिनेट, घन्टा, दिन आदि हुँदै
ऋतु र मौसमलाई यात्री बनाइ
विगतका ती अनगिन्ती सम्झनाहरुलाई
कैद गर्दै अनविदको यात्रामा
रुमलिन सधैँ ब तयार रहन्छ ।
सायद समयसँग अधिक तागत छ
जसले दुःखमा आशाको दियो
जलाई हिड्न सिकाउँदछ
र
त्यही आशाको खोजिमा हिड्ने
पाउहरुलाई ढाल बनाइ कसैको
सुखको कारण बनाइ दिन्छ ।
वादै-वादको खेती गर्ने
जन्माउँदछ अनेकन वैचारिक योध्दाहरु
जस्ले केवल गोली र बारुदबाट
रुझाउँदै ती खेतका गरा अनि कान्लाहरु,
गराउँदछ उत्पादन मृत शरीरहरुको ।
विगतमा ढाल बनाइएका अनेकन
शैल झैँ अटल साहसिक शरीरहरु
माथि
वर्षातमा पानीका थोपा झैँ
वर्षाइएका बारुध अनि गोलीका
ब्यारेलहरुबाट घायल भई करुणामय
स्वरमा साम्यवाद साम्यवाद भन्दै
मृत्युको शैयामा बिस्राम गर्न
पुगेका ती आशे पिपासुहरुको शरीरबाट
निस्कने त्यो
बारुदको गन्ध आज पनि त्यतिकै
सुगन्धित छ जति त्यो
मैदानमा बन्दुको नालबाट
निस्कँदा थियो ।
साम्यवादको खोजीमा निस्केको
त्यो बारुदको गन्धले
कतियौँ युगल जोडीको प्रेमको मेरुदन्ण
भाँचिदिएको छ,
सिँउदो रङ्हिन बनाइदिएको छ,
कतियौँ माताहरुका कोख
रिक्त गराइदिएको छ,
भविष्यको सहारा खोसिदिएको छ,
नयनमा जरुवा फुटाइ
जीवनमा सधैँ वर्षातको भेल
बहाड ल्याइ सजाइ राखेका
असङ्ख्य सपनाहरु
बारुदका गन्धहरुसगैँ
पवनको वेगमा मिसाइदिएको छ ।
विगतका
ती नाङ्गे, झुत्रे
वादै-वादको खेती गर्ने वैचारिक योध्दाहरु
पूँजीवादको अर्तर छरेर साम्यवादको
खोजीमा निस्केका खोचिकर्ताहरु
खैरो, कालो, निलो, सेतो आदि
रङ्गका रङ्गिन पोशाक पहिरेर
मृत सवारमा सवार गर्दै
शरीरमा रहेको बारुदको गन्ध
ब्रान्डेट सोमरसको चुस्कीसँगै
आज बिस्राम कक्षमा बिस्राम गर्दैछ ।
No comments:
Post a Comment