adsense

Wednesday, December 23, 2020

गल्लीका मनुवाहरु( Street People)

साँघुरो सडक,
त्यसमा अलकत्राको लेप
पेटिमा सानो नाला
जसको कृत्रिम अत्तरको 
प्रमोदले वातावरण 
रोमान्चित्त बनाईरहेको छ।

अनि,
छेउमै रहेको निरीह
द्रुमहरुको लामबद्द लहर
जो केवल नाङ्गो आङ्ग लिएर
कृत्रिम फलामे छिँडी भित्र
रहेर वातावरण रसिक बनाउने
धन्दामा मस्त छन्।

,
अलकत्राको लेप लगाईएको 
सडकमा महङ्गो सवारीमा 
आगातित वस्तुको भरिया
भई सुटेट बुटेटमा सजिएर 
कुदीरहेका ती भरियाहरु 
जो आफ्नो सारा शक्ति 
वेथितमा खेर फाली 
वातावरण स्वच्छ पार्ने
अभियानको प्रमुख स्थान 
लिई 
वातावरण विनाशको 
भाषण गर्न सिपालु छन्।

त्यसै सडकमा आहार 
बिना रिक्त पेट साथै
भरियाहरुका वस्तुको
कर तिर्न बाध्य छन् ती
गल्लीका मनुवाहरु
जसलाई सधैँ भरियाहरुको 
सुटेट बुटेटले गल्लीमै 
रिक्त पेट निद्रादेवीको 
काखमा पुर्याईरहेको छ,
जसलाई सधैँ मौनताको 
गुप्तवासमा बसाई
सुरुङ्ग मार्ग निर्माण 
गर्ने लगाईन्छ ताकि अझ 
ती गल्लिका मनुवाहरु
अन्धकारमय जीवन 
भएता पनि रमाउन सकुन् ।

Saturday, December 19, 2020

आइन हेर झरी (Fall Down of Rain)

 


बादलको
छाती छेडी

वृक्षको मुनालाई
चुम्न
वर्षाको रुपमा 
आइन हेर झरी।

उजाड शैल 
सुख्खा शरीता
साथै 
मौनताको वस्तीमा
जरुवा फुटाउन
वर्षाको रुपमा
आइन हेर झरी।

धर्ती पुत्रको मलिन मुहारमा
मुस्कानको दिप
लिई
सयौँ किलोमिटरको
यात्रा तय गरी
धरणीलाई स्पर्श गर्न
आइन हेर झरी।

प्रकृतिको सुन्दर वस्तीमा
पुष्पको गुच्छामा सुवास

रङ्गको रस बोकी
क्षितीज पारीको गन्तब्यमा
धरासँग कृडा गर्न

आइन हेर झरी।

वायुको तेज गति सगैँ 
लुकामारी खेलीरहरकी
जनजीलाई
एकताको सुत्रमा बाध्न
बादललाई

पहाड सँग दृन्दृ गराई
विजय यात्रीको रुपमा 
प्रेमको प्याला बोकी यौवनले
मात्तिएको जवानीको तिर्खा मेट्न
वर्षाको रुपमा
धर्तीमा

आइन हेर झरी।

Tuesday, December 15, 2020

म पश्न गर्छु (I Ask the Question)

 

म पश्न गर्छु

मिरमिरे उषाको किरणसँगै
ब्यूतिएका यी
मेरा नयनहरुले सपनाको
लहडहरुमाझ बिपनाको
डुङ्गा चलाइ
उदेश्यहरुलाई जीवनको
एक तटबाट अर्को तट
तर्फ लादैँ गरेका बहनाहरुलाई
अनयास प्रश्न गर्दछ
तिमिहरु माथि खियाको
प्रहार भएमा के गर्छौ ?

पवनको वहावमा वाटिकामा
झुलेर सूर्य र चन्द्रका
किरणसँगै लुकामारी खेलीरहेका
पुष्पहरुको गुछ्चालाई सोध्ने गर्दछ
आखिर भमराहरुले पिएर रस
त्यो यौवनको
छाडी गएमा के गर्दछौ ?

बखत त्यही गर्दछ प्रश्न
सृष्टि कर्तालाई
गरी सृष्टी यस जगतको
किन पो फेरी
पैदा गरायौँ त्यो गमनको ?
जहाँ मुल्यवान प्राण्को
मुल्य तोक्न गृहीत गरी
मुल्यसूचीको अग्र पङ्तिमा छन्
ती भलादमीहरु
जो वासनामा जीवनको मोल लगाउँछन् ।

बनाइ आधार यौवनी दिलचस्पीमा
आखिर किन पो लम्काउँछन
ती नयनहरुलाई गुमाइ पलभरमा आर्जित
त्यो ज्ञानलाई जो हृदय चक्षुमा सँदैव
निहित त छ तर फेरी
चर्म चक्षु कै बेगमा किन हुँइकिन्छ ?

म प्रश्न गर्छु ती ग्रन्थ ज्ञाताहरुलाई
के ग्रन्थिय नगरीमा पनि यस्तै थियो
र वर्तमानमा पनि भएको हो ?
म प्रश्न गर्छु न्यायका पगरी समाइ बसेका
ती न्याय नगरीका दुतहरुलाई
के न्याय नगरी पनि चर्म चक्षु कै
बेगमा हुँइकिने हो ?
म प्रश्न गर्छु यावत जगत कर्तालाई
के सुन्दर र आकर्षण हुनु नै
मानव जीवनको अभिशाप हो ?

 

सम्झना (Reminisce)

फिक्का फिक्का लाग्न थाल्यो तपोभूमिमा रथ चलाउने सारथिको विलय भए पछि । दिवा नै अन्धकार हुन लाग्यो रविमा ग्रहण लागेपछि छैन रे सामर्थ्य गु...