नाङ्गो वृक्षहरुमा मुनाको
आगमनसँगै हरियाली छाएको
बखत थियो त्यो
जुन बेला लालीगुँरास फूलको
गुच्छामा विभिन्न रङ्गले स्पर्श गर्दै
वातावरणमा रौनकता ल्याइरहेको थियो
सायद त्यही समय हो उनी र म बीच
लोलाएका यी औँलाहरुले
कागजमा विभन्न रङ्गका अक्षरहरु
कोरी हाम्रो सम्बन्धको मञ्जरी
पलाएको थियो ।
ग्रिष्म ऋतुको प्रचण्ड गर्मीको
याममा शीतलताको खोजीमा
पच्छीहरु भौतारिदैँ एक डालीबाट
अर्को डालीमा भुरर् भुरर्
उडे जसरी नै पत्र लेख्न बसेका
यी लोलाएका औँलाहरुबाट
तप्प तप्प खसेको पसिनामाझ
शीतलताको आभास गर्दै
एक अर्काको अक्षरमा डुबुल्की मारी
त्यो पत्र लेखनमा जारी रहन्थ्यो ।
पार्न प्रफुल्ल सारा सुख्खा बगरको
बनाइ एकता बादलका टुक्राहरुको
भयो आगमन वर्षा ऋतुको
तयार हुन्थे हाम्रा नयनहरु चुम्न रुझेका
ती प्रत्येक अङ्गहरुको
हतार गर्दै हुन्थे हाम्रा रुझेका औँलाहरु
सजाएर राख्न त्यो क्षणको
बनाइ एकता अक्षरहरुको ।
सायद स्वच्छतामा रम्ने शरद ऋतु,
भएर होला वर्षात पछिको
सूर्यको किरण जस्तै हुन्थ्यो वातावरण
वैँशमा रम्न तयार हुन्थे
सयपत्री अनि मखमली फूलेर ढकमक्क
प्रत्येक अङ्गहरुलाई चुम्ने त्यो पत्र कोर्ने,
औँलाहरुलाई पनि स्वच्छाताले छाएको हुन्थ्यो ।
छोटा हुदैँ थिए दिनहरु
लम्वाई रातका ती पहरहरु
याम आयो हेमन्तको सम्बन्ध गँसाउन न्यानोपनको
थरथर काप्ने हाम्रा ओठहरुले चुम्दै हुन्थे
लकलक काप्ने हाम्रा शरीरहरु अँगालोमा बेरिँदै हुन्थे
कक्रियका यी औँलाहरुले जम्न लागेका
ती मसीका रङ्गहरु माथि शासन गर्दै हुन्थे ।
मन्द गतिमा वहने वायु
तेज रुप धारण गरी संकेत गर्थे
शिरशिर ऋतुको,
बखत त्यही नै थियो हाम्रा औँलाहरुले
कलमको सहारामा अक्षरहरु
स्वेत वस्त्रमा स्वर्ण रुप धारण गर्दै हुन्थे ।
तर आज हेर एक अर्का प्रति
मायाको आँकुर पालउन सिकाउने वातावरण,
ऋतुको परिवर्तनसँगै हाम्रो
प्रेमबीच तगारो बनी बसेको छ
त्यो पत्र लेख्न सिकाउने ऋतुहरु
आशाको दिप जलाई सयमको
बहाडमा किनारा लागेको छ
सायद त्यो प्रत्रमा तागत भएरै होला
हाम्रा औँलाहरु पनि शैल झैँ अटल रहि
मिलनको पर्खाइमा छ ।